Online News Portal

३२ किलो यार्सागुम्बा निकासी

प्रकाशित: १२ श्रावण २०८१, शनिबार १०:१८ | लेखक: मालिका खबर

काठमाडौँ:मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको जानकारी दिए।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व संकलन भएको उनले बताए। यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ।यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार पालिकालाई उपलब्ध गराउने गरिन्छ । मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो ।

गएको वैशाख १० गतेदेखि नाम्के खर्कबाट झन्डै दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिबिना यार्सागुम्बा सङ्कलन गर्न पाइँदैन । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीयबासिन्दा यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन्