Online News Portal

सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो

काठमाडौँ: काठमाडौं उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो। आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। उनका अनुसार गत आवमा एक सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो।पछिल्लो पटक उपत्यकाका विभिन्न स्थानमा मानवीय क्षति हुने गरी भएका यी प्रतिनिधि दुर्घटना हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले जारी गरेको निषेधाज्ञामा पनि सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यस क्रममा सडकमा सवारी चाप घटे पनि दुर्घटनाको संख्या भने अपेक्षित रूपमा नघटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उपत्यकामा ९ हजार ५ सय ४५ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ६७ जनाले ज्यान गुमाए । जसमध्ये १ सय ३६ जना पुरुष, २४ जना महिला र ७ जना बालबालिका छन् । अघिल्लो वर्ष १० हजार ३० सवारी दुर्घटना भएका थिए । जसमा १ सय ५३ जनाको मृत्यु भएको थियो । यो संख्या अघिल्लो आवको भन्दा धेरै हो ।

Advertisement

Click the button below to skip this ad and read the full article.