Online News Portal

नेपालकै तेस्रो स्काईवाक टावर सञ्चालनमा

काठमाडौँ: चर्चित पर्यटकीयस्थल भेडेटारमा नेपाल कै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको छ।

साँगुरीगढी गाउँपालिका-६ भेडेटारको चाल्स पोइन्टमा स्काइवाक टावर सञ्चालनमा आएको हो। भेडेटारलाई साहसिक पर्यटनको हब बनाउने प्रयासअनुसार शुक्रवारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काईवाकको उद्घाटन गरे। मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइवाकले सहयोग गर्ने बताए। उनले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकाले भेडेटारमा बनेको स्काइवाकले त्यसलाई सहयोग पुग्ने बताए।

एघार रोपनीमा रहेको स्काइवाकमा ५० मिटर लामो सिसामा हिड्न सकिन्छ। सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ।यसअघि काठमाडौँको कमलादी, इलामको कन्याममा स्काईवाक सञ्चालनमा आइसकेको छ। भेडेटारमा सञ्चालनमा आएको स्काईवाकमा एकपटकमा २५ जनासम्म हिड्न सकिने क्षमता रहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.