Online News Portal

चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइलाई तीव्रता दिएको छ । जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घण्टासम्मै लाइसेन्स छपाइको काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

पनेरुका अनुसार अहिले दैनिक ६ हजारभन्दा बढी लाइसेन्स छापिने गरेका छन् । दुई महिनाकाे अवधिमा दुई लाख बढी लाइसेन्स छापी सम्बन्धित प्रदेश यातायात कार्यालयहरूमा पठाइसकिएको उनले बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.