Online News Portal

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडाैं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्यस्तै  स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । दत्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न हुनुहुन्छ ।

त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए  (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.