Online News Portal

विमान दुर्घटना जानकारी लिन गृहमन्त्री विमानस्थल पुगे

काठमाडौं : काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न  तीनवटै सुरक्षाकर्मी निकाय परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।

विमान दुर्घटनाबारे समाचार सुन्नेबित्तिकै पूर्ण जानकारी लिनका लागि गृहमन्त्री रमेश लेखकसमेत विमानस्थल पुगेका छन्।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.