Online News Portal

क्याप्टेन शाक्यलाई उपचारका लागि केएमसी लगियो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका  छन्।

उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनालीले अन्नपूर्णलाई जानकारी दिएका छन्।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएपनि जहाज पूर्णरुपमा जलेको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

Advertisement

Click the button below to skip this ad and read the full article.