नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्यो

काठमाडौँ:अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले वास्थ्यमन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् बिदेसिन प¥यो भन्नु भ्रामक भएको बताएका हुन्।
नेपाल मेडिकल काउन्सिल को तथ्याङ्क अनुसार चिकित्सा शिक्षा ऐन लागु भए यता मेडिकल शिक्षाको लागि विदेश जाने विद्यार्थीको संख्या गुणात्मक रूपमा कम भएको र मेडिकल कलेज मा सशुल्क पढ्ने हरुको लागि तोकिएका सिट हरु खाली भइरहेको उनले बताएका छन्।