Online News Portal

अमृता कोइराला घुससहित पक्राउ

प्रकाशित: ७ श्रावण २०८१, सोमबार १०:४५ | लेखक: मालिका खबर

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन्।औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिई गएको टोलीले कोइरालालाई घुस लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नं ४, कटहर चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरले जानकारी दिए।