नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेटवार्ता

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेटवार्ता गरेका छन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसँग वुधबार भएको भेटवार्तामा गृहमन्त्री लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन् । उनले निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको बताए ।
भेटका क्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश जाने बताए । यसबारे महासंघले निरन्तर सरकारसँग पैरवी गरिरहेको छ ।
भेटमा महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात नियन्त्रणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए ।