Online News Portal

कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ:कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्घ भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् । यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्घ भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.