Online News Portal

दुईजना व्यक्ति मृत भेटिए

प्रकाशित: २९ असार २०८१, शुक्रबार ०६:२५ | लेखक: मालिका खबर

कैलालीमा दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको बताए ।बाटोमा एक्कासी ढलेर बेहोस भएका टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।