Online News Portal

आत्मनिर्भर बन्दै सदा समुदायका महिला

काठमाडौँ :उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन्। यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जंगलबाट दाउरा संकलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप सिकेपछि सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै गएका हुन्।उदयपुर- जिल्लाको त्रियुगा नगरपालिका-६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन्। यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जंगलबाट दाउरा संकलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप सिकेपछि सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै गएका हुन्।

जिल्ला घरेलु तथा साना उद्योग महासंघ र त्रियुगा नगरपालिकाको सहयोगमा पटकपटक गरी दुई सयलाई सामान्य, मध्यम र ‘एडभान्स’ तालिम दिइएको भन्दै तालिम लिइसकेपछी पाँचजना सदा महिलाले केन्द्र सञ्चालनसँगै आफ्नो परम्परागत पेसा परिवर्तन गरेका संयोजक प्रधानले बताइन्। जलजले बजारमा ‘प्रिन्सा सामूहिक टेलर्स’ मार्फत सुनिता सदा, यशोदा सदा, रामवती सदा, फुलवती र दीपा सदा स्वरोगार बन्दै गएका हुन्।

Advertisement

Click the button below to skip this ad and read the full article.