Online News Portal

छारेखण्ड सडकमा यातायात सुचारु

प्रकाशित: २१ असार २०८१, बिहीबार ०८:४३ | लेखक: मालिका खबर

काठमाडौँ: कर्णाली करिडोरको छारे खण्डको सडकमा दैनिक बाह्र घण्टा यायातायका साधन सञ्चालनमा आएका छन् । नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले (सुनाखाडा) बिहीबार बिहानबाट यातायात सुचारु गरेको हो ।

समितिले निर्णय गरेर सो खण्डको सडक सञ्चालनको माग गर्ने निर्णय गरेलगत्तै सेनाले सो अवधिमा यातायातका साधन सञ्चालनको ब्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताउनुभयो ।

समितिले असजिलो छारे खण्डको सडकको सबै निर्माण कार्य पूरा भएको कारण त्यसलाई हालका लागि बाह्र घण्टा सञ्चालनमा ल्याउने ब्यवस्थाका लागि नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटलाई अनुरोध गर्ने निर्णय गर्ने माग गरेको थियो । सो निर्णयको पत्राचार नेपाली सेनालाई स्थानीय प्रशासनले गत मङ्गलबार गरेको थियो ।

यसअघि सडकमा बिहान ७ बजेदेखि नौ बजेसम्म र दिउँसो एघार बजेदेखि एक बजेसम्म मात्र यातायातका साधनहरु सञ्चालन हुन दिने ब्यवस्था उक्त खण्डमा सडक निर्माणमा खटिएको नेपाली सेनाले गर्दैआएको छ ।