Online News Portal

बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कंडेल

प्रकाशित: २० असार २०८१, बुधबार ०९:५९ | लेखक: मालिका खबर

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन्। सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्‍घाटन गर्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकले रगत बगाएपछि प्राप्त गरेको बताए। उनले कर्णाली खाली पेपरजस्तै रहेको बताए। ‘कर्णाली खाली कागज हो। यहाँ प्रकृतिले नै रंगाइदिएको छ। तर, हामीले आकर्षक चित्र बनाउन सकिरहेका छैनौं। कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलविद्युत, जडिबुटीलगायतका नविनतम स्रोत र साधानहरूको भण्डार हुन्। तर, विदेशी भूमिमा जुनसुकै कर्म गर्न चाहने आफ्नो भूमिमा काम गर्दा सानो भइने सामाजिक सोच र संरचनाका कारण हामी पछाडि परिरहेका छौं। अब युवाहरूले काम गर्दा सानो हाोइन्, महावन बनिन्छ भन्ने सन्देश दिनुपर्छ। परम्परागत सोच र गलत धारणाको अन्त्य गर्न जरुरी छ,’ उनले भने।