Online News Portal

अन्डाको मूल्य साढे १६ रुपैयाँ

काठमाडौँ: किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चार सय ९५ र मध्यम चार सय ७० रुपैयाँ पाउन थालेका छन् ।नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए ।