लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौँ: नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्ष ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको बताउनुभयो।