Online News Portal

बाढीपहिरो पीडितलाई राहतको व्यवस्था

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् ।  उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका विषयलाई समेत केन्द्रराखेर योजना बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका हुन् ।मनसुन सुरु भएको प्रारम्भिक दिनहरूमा समेत वर्षाले मच्चाएको विध्वंस र त्यसबाट उत्पन्न क्षतिलाई हेर्दा सरकारका विभिन्न निकायहरू, मौसम विभाग, विपद् व्यवस्थापन, रोकथाम, उद्धार लगायतलाई अझै बढी सतर्क र क्रियाशील गराउनु पर्ने आवश्यकता देखिएको पार्टीको भनाई छ ।