Online News Portal

राष्ट्रपति रामचन्द्रले शीतल निवासमै मनाए धान दिवस

प्रकाशित: १६ असार २०८१, शनिबार ०६:३४ | लेखक: मालिका खबर

काठमाडौं : राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए। रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए।