चाड हतियार डिपोमा आगलागी र विस्फोटमा परी ९ जनाको मृत्यु, ४६ घाइते

काठमाडौँ: चाडियाको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन् । देशका स्वास्थ्यमन्त्री अब्देलमजिद अब्देरहिमले यसबारेमा जानकारी दिनुभएको हो । आगलागी र विस्फोटको कारण अझै पत्ता लागेको छैन । मारिनेमा बालबालिकासहित सर्वसाधारण रहेका छन् । चाडका राष्ट्रपति महामत इड्रिस डेबी इट्नोले शहरको गौडजी छेउमा रहेको दुर्घटनास्थल र घाइतेहरूको निरीक्षण गर्नुभयो ।
