Online News Portal

काठमाडौं महानगरपालिकाद्वारा सिंहदरबारबाट चार बालश्रमिकको उद्धार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधवार सिंहदरबार भित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताउनु भयो । उहाँले चार जना बालबालिकामध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताउनु भयो । उहाँले महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिंहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्धार गर्ने बताउनु भयो । उहाँले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताउनु भयो । उहाँले भारतीय बालबालिका थिए भन्ने गुनासो आएपनि अनुगमनका क्रममा नभेटिएको बताउनु भयो । उहाँले बालश्रम बिरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताउनु भयो । उहाँले महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताउनु भयो । उहाँले दिनभरी काम गर्नुपर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्धार गरिएको बताउनु भयो । उहाँले महानगर पालिकाले सबै बाल उद्धारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ दुःखको कुरा हो । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र हो । सिंहदरबारमा नागरिकता नलिई छिर्न पाउँदैन । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन । सक्कल नै देखाउनुपर्छ । भित्रबाट कसैले जिम्मा लिएर छिर्न पाउने ठाउँमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई कसरी काममा लगायो । सोचनिय विषय हो । यसले धेरै किसिमको सुरक्षा देखि लिएर फेसलाई उजागर गरिदिएको छ । भारतीय बालबालिका थिए भन्ने गुनासो आएको थियो । तर अनुगमनका क्रममा देख्न पाएनौं । यसलाई जारी राख्छौं । महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर छ । महानगरपालिका सिंहदरबार वा व्यक्तिगत घर भन्दैनौं जहाँ पनि बालबालिका माथि भइरहेको शोषण गरिएको छ । त्यसका बिरुद्ध उद्वार कार्य जारी रहन्छ । आज अन्तर्राष्ट्रिय बाल श्रम विरुद्धको दिवसकै दिन सूचना आयो । महानगरको दिवस विशेषमा काम गर्ने बानी छैन । दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गछौं । आज सिंहदबारबाट दुई जना बालक र दुई जना बालिका चार जनालाई उद्वार गरौं । श्रम सम्झौता विना तथा उमेर नपुगी काममा राखिएको रहेछ । बालबालिकाहरुको नागरिकता देखाउन सक्नु भएको छैन । एक जनाले नागरिकता देखाए पनि १६ वर्ष मात्रै पुगेको छ । सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेका छौं ।

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.