Online News Portal

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीवार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । उहाँले शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताउनु भयो । त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई संक्रामक रोगको रुपमा पनि घोषणा गरेको छ । आवासीय सेवामा हड्ताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रका प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनु भयो । सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।
मन्त्री शर्माले भन्नुभयो, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रश्तावमा लगानी सहजीकरण सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने भन्ने निर्णय भएको छ । हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा श्री नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त गर्न भन्ने भएको छ । र उद्योगकै प्रस्तावमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा श्री पदम ओली बाजुरालाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । त्यसैगरेर खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्विकृति दिने भन्ने पनिभएको छ । गृह मन्त्रालयको प्रस्तावमा आवासीय सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम तोकिएको आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने भन्ने भएको छ । यो हरेक ६ महिनामा हुने गर्छ । र गृह मन्त्रालयकै अर्को प्रश्ताव छ–तोकिएको सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि तोकिएको मितिबाट लागू हुने गरी राष्ट्रिय परिचय पत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्र्रकाशन गर्ने भन्ने निर्णय पनि भएको छ । हाम्रो यो नेशनल आइडीको विषय थियो । अहिले सबै ठाउँमा नेशनल आईडी नपुग्दासम्म नागरिकतालाई निषेध गर्न भने सक्दैनौं । परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य इजरायल, साउदी अरव, कतार, मलेशिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदुतहरुलाई फिर्ता बोलाउने भन्ने निर्णय पनि हिजोको मन्त्रीपरिषद बैठकले गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राय खोटाङलाई तोक्ने भन्ने निर्णय भएको छ । र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ बमोजिम विभिन्न ५२ वटा रोगहरुलाई संक्रामक रोगको रुपमा तोक्ने भन्ने पनि भएको छ । जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत भएको छ । जो विषयगत समितिबाट प्राप्त भएको थियो । ज्येष्ठ नागरिकसम्बन्धि पहिलो संशोधन नियमावली २०८१ पनि स्विकृत भएको छ । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय भएको छ ।’
मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर रायलाई तोक्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ र ज्येष्ठ नागरिकसम्बन्धि पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.