Online News Portal

सरकारले कोशी कटानसम्बन्धि समस्याको दिगो समाधान खोज्नुपर्छः काँग्रेस सांसद कार्की

काठमाडौँ: नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठूलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले ती समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले सुनसरीको टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरु कोशी कटानबाट सधै पीडामा बस्नु परेकाले पनि सरकारले सो समस्याको समाधानमा विशेष पहल लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्षा शुरु हुनासाथ सुनसरी जिल्लाको बाराह क्षेत्र नगरपालिकाको खास गरेर टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरु कोशी कटानबाट उत्पन्न हुने खतराबाट सधै त्रसित भएर बस्नुपरेको छ । विगतको वर्षमा पनि कोशी कटानबाट त्यहाँका जनताले असैह्य पीडा भोग्नु परेको अवस्था छ । तसर्थ, म सरकारसँग सभामुखमार्फत त्यो कोशी कटानको स्थायी समाधानका निमित्त सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । ’
सांसद कार्कीले वर्षातमा हुने कुनैपनि विपद् तत्काल व्यवस्थापनका लागि सरकारले आवश्यक तयारीको कामलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.