Online News Portal

१० ओभरमा कर्णालीको ६७ रन

प्रकाशित: ४ पुष २०८१, बिहीबार ०८:०६ | लेखक: मालिका खबर

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ६७ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १० ओभरमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको हो।

 

 

 

दोस्रो ओभरको पहिलो बलमा नै जय किसन कोल्सावालालाई गुमायो। उनलाई ललित राजवंशीले हर्ष थाकरको हातमा क्याच गराए। दोस्रो विकेटको रूपमा ओपनर देव खनाललाई गुमायो। उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदै जेम्स निसमको बलमा आकाश त्रिपाठीको हातमा क्याच भए।

कर्णालीका लागि तेस्रो विकेट जिसन मक्सुदको ग । उनले ११ बलमा २ चौकासहित १२ रन बनाउँदै मोहम्मद मोसिनको बलमा लाहिरु मिलान्थाको हातमा क्याच भए। चौथो विकेट विलियम वासिस्टोको गयो । ललित राजवंशीको बलमा मिलान्थाले उनलाई स्टम्पिङ आउट गराए। उनले १५ बलमा १ चौकासहित १५ रन जोडे। जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए। जेम्स निसम र मोहम्मद मोसिनले समान १/१ विकेट लिए। आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।