Online News Portal

“स्थानीय सरकारहरूबीच समन्वय आवश्यक: मेयर चिरीबाबु महर्जन”

प्रकाशित: ६ बैशाख २०८२, शनिबार ०७:५७ | लेखक: मालिका खबर

काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारहरूबीच समन्वय र असल अभ्यासको आदानप्रदान आवश्यक रहेको बताएका छन्।

 

 

सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरूसँगको छलफलमा उनले आर्थिक रूपमा समृद्ध पालिकाहरूले अन्य पालिकाहरूलाई सहयोग गर्नु कर्तव्य भएको उल्लेख गरे। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले बजेट अभावका कारण विकास आयोजना कार्यान्वयनमा कठिनाइ भएको बताए।