Online News Portal

सरकारी कार्यालयमा स्वदेशी काठमात्रै उपयोग हुने गरी कानून बनाउनुपर्छ : वनमन्त्री साह

प्रकाशित: २१ असार २०८१, बिहीबार ०८:४१ | लेखक: मालिका खबर

काठमाडौँ — वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुने गरी कानून निर्माण गर्नुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकमा रोजगारीको समस्या समाधान गर्न पनि सो कदमले महत्वपूर्ण योगदान पुर्‍याउने दाबी गरे ।उनले भने, ‘मध्यवती क्षेत्रलाई स्थानीय सरकारको जिम्मा लगाउनु पर्छ । त्यसको अधिकार स्थानीय सरकारलाई दिँदाखेरि त्यहाँको जनताको पीडा र दुःख हरण गर्न पनि सो काम गर्नुपर्छ । त्यसका लागि आवश्यक कानून जतिसक्दो छिटो बनाउनु पर्छ । सरकारी कार्यालयहरुमा स्वेदशी काठको उपयोग हुने गरी कानून निर्माण गर्नुपर्छ ।’