Online News Portal

सरकारद्वारा कुलमान घिसिङ पदमुक्त, मन्त्रिपरिषद्को निर्णय

प्रकाशित: १० चैत्र २०८१, सोमबार १४:५२ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरिएको हो।

 

 

घिसिङ २०७८ साल साउन २५ मा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। ऊर्जा मन्त्रालय र सरकारसँगको विवादपछि उनलाई बारम्बार स्पष्टीकरण माग गरिएको थियो, जसपछि अन्ततः उनलाई पदमुक्त गरिएको हो।