Online News Portal

सभामुख घिमिरेको निर्देशन: प्रेशा शाहको मृत्युको निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन

प्रकाशित: २२ बैशाख २०८२, सोमबार ०६:०१ | लेखक: मालिका खबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा मृत फेला परेकी प्रेशा शाहको घटनाको निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएका छन्।

 

सभामुख घिमिरेले सोमबारको बैठकमा सांसदहरुले उठाएको यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारले घटनाको छानबिन गरि सम्बन्धितहरुसँग छलफल गर्न निर्देशन दिएको छ। उनले विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको सुरक्षाको विषयमा कार्य गर्न समेत निर्देशन दिएका छन्।

सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रेशा गत बिहीबार बेलुका KIIT मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।