Online News Portal

रवीन्द्र मिश्रलाई हिरासतमा राख्न पाँच दिनको म्याद थप

प्रकाशित: २१ बैशाख २०८२, आईतवार १४:३५ | लेखक: मालिका खबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको हिरासत म्याद थप गरेको छ।

 

 

उनीमाथि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा भाग लिँदा संसद् भवनतर्फ अघि बढ्न आन्दोलनकारीलाई उक्साएको आरोप छ। प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। राप्रपाले मिश्रको रिहाइको लागि सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ र रिहा नगरे देशभर विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ।