Online News Portal

मेलम्चीको मुहानमा बाढी, काठमाडौंमा पानी आपूर्ति अस्थायी रूपमा बन्द

प्रकाशित: १९ असार २०८३, शुक्रबार ०३:४८ | लेखक: मालिका खबर

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानीको आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

 

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार निरन्तर वर्षापछि मुहानको पानी अत्यधिक धमिलो बनेकाले प्रशोधन प्रक्रिया प्रभावित भएको हो। त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य हालका लागि रोकिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार पानीको गुणस्तर सामान्य भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरिनेछ र पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा पानी आपूर्ति पुनः सुरु गरिनेछ।

प्रवक्ता चन्दले वर्षा निरन्तर जारी रहे पानीको गुणस्तर सुधार हुन समय लाग्ने भएकाले काठमाडौं उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने बताउनुभयो।