Online News Portal

मुस्लिम-हिन्दू समुदायले मनाए मोहर्ररम पर्व

प्रकाशित: २ श्रावण २०८१, बुधबार १४:४१ | लेखक: मालिका खबर

काठमाडौँ: लुम्विनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत तराई मधेशका मुस्लिम समुदायले आज मोहर्ररम पर्वलाई शोक पर्वको रुपमा मनाएका छन् ।

शनिवार सांझ मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ । धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ ।बुधबार साँझ मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ। ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ। धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ। सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन्। हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन्।