Online News Portal

महाकालीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन रोक

प्रकाशित: २४ श्रावण २०८२, शुक्रबार १०:४० | लेखक: मालिका खबर

काठमाडौँ:  महाकाली नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि शारदा ब्यारेजमार्फत चारपाङ्ग्रे सवारीसाधनको आवागमन तत्काल प्रभावबाट रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहीबार राति महाकालीको बहाव १ लाख ३ हजार क्युसेक पुगेपछि सुरक्षाका दृष्टिले आवागमन रोक्ने निर्णय गरिएको हो। नियम अनुसार, महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपाङ्ग्रे सवारी चलाउन निषेध गरिन्छ।

हाल नदीमा पानीको सतह अझै बढ्ने क्रम जारी रहेकोले प्रहरीले सर्वसाधारणलाई आवश्यक परेको खण्डमा मात्र नदी नजिक जान र सावधानी अपनाउन आग्रह गरेको छ।