Online News Portal

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका अहमद अढाई वर्षमै फरार

प्रकाशित: १७ श्रावण २०८१, बिहीबार ०६:५३ | लेखक: मालिका खबर

काठमाडौँ: विराटनगरमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका छन्।
स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङ जिल्ला कारागारबाट उपचारका निम्ति मोहम्मदलाई अस्पताल लगिएको थियो। पेटमा समस्या देखिएपछि गएको मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

शौचालय जान निस्किएका उनी सुरक्षामा खटिएका प्रहरीलाई हातले ठेलेर ढलाई भागेका थिए। उनी भारत सीमातर्फ जाने सक्ने भएकाले जोगबनीलगायत नाकामा निगरानी बढाइएको मोरङ प्रहरीले जनाएको छ।