Online News Portal

प्रवासी नेपाली मिडियाको प्रभावशाली भूमिका : राजदूत यादव

प्रकाशित: १० चैत्र २०८१, सोमबार १४:११ | लेखक: मालिका खबर

काठमाडौँ : अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले प्रवासमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याइन्।

 

 

उनले सिड्नीस्थित वचन न्यूजको वार्षिक उत्सव तथा कार्यालय उद्घाटन समारोहमा बोल्दै, समुदायलाई जोड्ने कार्यमा वचन न्यूजको योगदान प्रशंसनीय रहेको बताइन्।

कार्यक्रममा अस्ट्रेलियामा रहेका विभिन्न नेपाली अगुवाहरूलाई सम्मान गरिएको थियो। एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाल-अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीलगायतले प्रवासी सञ्चारमाध्यमको भूमिका झनै प्रभावशाली बनाउँदै लैजानुपर्नेमा जोड दिए। वचन न्यूजका प्रधान सम्पादक जीवन रायमाझीले समुदाय र सञ्चारमाध्यमको आपसी सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।