Online News Portal

प्रतिनिधिसभा बैठक प्रारम्भ, नागरिक उड्डयनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार ०७:४६ | लेखक: मालिका खबर

काठमाडौँ : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यी विधेयकहरू हवाई सेवालाई स्तरीय बनाउन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित एयर नेभिगेसन प्रणाली विकास गर्न ल्याइएको मन्त्रालयले जनाएको छ। साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ।