Online News Portal

पाल चिकित्सक संघ निर्वाचन: डा. मंगल रावल नेतृत्वको प्यानलका उम्मेदवार को–को ?

प्रकाशित: २ पुष २०८२, बुधबार १०:५४ | लेखक: मालिका खबर

काठमाडौं:  नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वमा रहेको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।

संघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदका उम्मेदवार डा. रावलसहित संघका सबै १९ वटै पदमा प्यानलसहित उम्मेदवारी दर्ता गरिएको हो।

संघको निर्वाचन कार्यतालिकाअनुसार काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुने छ।