Online News Portal

पहिरोमा परि एक जनाको मृत्यु

प्रकाशित: २४ असार २०८१, आईतवार १५:१८ | लेखक: मालिका खबर

काठमाडौँ: डडेल्धुराको परशुराम नगरपालिकामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा मृत्यु भएको हो।

शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताएकाछन ।