Online News Portal

पठाओ दशैं महोत्सव सुरु, राइडरलाई होन्डा साइन बाइक जित्ने अवसर

प्रकाशित: २ आश्विन २०८१, बुधबार ०८:१२ | लेखक: मालिका खबर

काठमाडौं :   राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ दशैं महोत्सव २०८१’ सुरु गरेको छ । पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो ।

पठाओ नेपालकी बजार निर्देशक सुरक्षा हमालका अनुसार यो महोत्सव १७ असोजसम्म काठमाडौं उपत्यकामा मात्र सञ्चालन हुनेछ ।

यसअन्तर्गत दैनिक एक प्रतिशत कमिसन अफर अन्तर्गत चालकले दैनिक राइड लिँदै जाँदा कम्पनीलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक एक प्रतिशतसम्म पुग्ने अफर छ । धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रमार्फत तीनजना विजेता छनोट गरिने छ । विजेताले १२५ सीसीको होन्डा साइन मोटरसाइकल बम्पर उपहार पाउनेछन् ।

बम्पर उपहारको लक्की ड्रमा पर्न २१ दिनभित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सीआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पूरा गर्नुपर्ने हमालले बताइन् ।