Online News Portal

नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा लगाउने जर्सी सार्वजनिक

प्रकाशित: २१ पुष २०८२, सोमबार १६:०४ | लेखक: मालिका खबर

काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाली क्रिकेट टोलीले आसन्न टी२० विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

नेपाली राष्ट्रिय पुरुष टोलीले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी२० विश्वकपमा अब नया जर्सी लगाएर खेल्नेछ भने नेपाली महिला टोलीले पनि अर्को साता देखि घरेलु मैदानमै आयोजना हुने आईसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफायरमा नयाँ जर्सी लगाउनेछ ।

भारतीय खेल पोसाक उत्पादन कम्पनी टी१० ले निर्माण गरेको नेपाली क्रिकेटको जर्सीको आधिकारिक अपारेल पार्टनरमा भाटभटेनी होल्डिङ प्राली छ ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा नेपाल समूह सी मा छ । यस समूहमा इंग्ल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटली छन् । नेपालले आफ्नो समूहको चारवटै खेल मुम्बईमा खेल्नेछ ।