Online News Portal

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङ पुगेर घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरे

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार १७:४१ | लेखक: मालिका खबर

काठमाण्डौं/ लमजुङको पर्यटकीय गाउँ घलेगाउँ ‘सुखी गाउँ’ घोषणा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित घलेगाउँ पुगेर गाउँलाई ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन्।

शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको संगम हो ।  यो सँगै प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ लमजुङको सुखी गाउँका रूपमा परिचित भएको छ ।