Online News Portal

नबिल बैंक र हाम्रो पेबीच सहकार्य: मोबाइल बैंकिङमार्फत वालेटमा रकम लोड गर्ने सुविधा सुरु

प्रकाशित: ९ जेष्ठ २०८२, बिहीबार १४:३१ | लेखक: मालिका खबर

काठमाडौँ : नेपालको लोकप्रिय मोबाइल एप ‘हाम्रो पात्रो’ अन्तर्गतको डिजिटल वालेट ‘हाम्रो पे’ र अग्रणी बैंक नबिल बैंकबीच सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी ‘हाम्रो पे’ वालेटमा सजिलै रकम लोड गर्न सक्नेछन्। यसले डिजिटल भुक्तानी प्रक्रियालाई थप सरल, द्रुत र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

 

 

निकट भविष्यमा, प्रयोगकर्ताहरूले आफ्नो नबिल बैंक खाता ‘हाम्रो पे’मा सिधै लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्ने सुविधा पनि सुरु हुने छ। त्यस्तै, नबिल बैंकका ग्राहकहरूले ‘हाम्रो पे’मार्फत कार्डबिना नै एटीएमबाट रकम झिक्न सक्ने सुविधा पनि चाँडै उपलब्ध हुने बताइएको छ।

‘हाम्रो पे’मा खर्च विश्लेषण गर्ने सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो खर्चको निगरानी गर्न र अनावश्यक खर्च घटाउन मद्दत पुर्‍याउँछ। ‘हाम्रो पात्रो’का संस्थापक शंकर उप्रेतीले यो सहकार्यलाई डिजिटल नेपाल अभियानतर्फको महत्वपूर्ण पाइला भनेका छन्।