Online News Portal

नक्कली भारतीय रुपियाँसहित एक पक्राउ

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार ०९:१७ | लेखक: मालिका खबर

काठमाडौँ: नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो ।

रुपैडिहास्थित भारतीय आदर्श प्रहरी थानाले दिएको जानकारी अनुसार गुप्तचर एजेन्सीको सूचनाका आधारमा रूपैडिहा थानाको टोलीले नक्कली भारतीय नोटको गड्डीसहित बहराइच मोतीपुरका ४० वर्षीय कैलाशलाई पक्राउ गरेको हो ।

रूपैडिहा थानाका प्रमुख प्रहरी निरीक्षक शमशेरबहादुर सिंहले थानाका वरिष्ठ उपनिरीक्षक अनिलकुमार यादव, बाबागन्जका चौकी इन्चार्ज राम गोविन्द बर्मालगायतको गस्ती टोलीले नेपाल–भारत सीमा नजिक आइसीपी रोडबाट ७२ हजार नक्कली भारतीय रुपियाँसहित कैलाशलाई पक्राउ गरिएको बताउनुभयो ।