Online News Portal

दृष्टिविहीन परिवारको गुहारपछि महानगरले दशरथ रंगशालामा राख्दै

प्रकाशित: १२ बैशाख २०८३, शनिबार ०५:२४ | लेखक: मालिका खबर

काठमाडौँ : थापाथली सुकुम्बासी बस्ती हटाइँदै गर्दा भोजपुरका दृष्टिविहीन डम्बरबहादुर तामाङको परिवार ‘जाने ठाउँ छैन’ भन्दै काठमाडौं महानगरपालिकाको सम्पर्कमा पुगेको छ।

चार सदस्यीय उक्त परिवारसँग घरको जस्ता बेचेर आएको करिब ४ हजार रुपैयाँ मात्र रहेको जनाइएको छ। महानगरले उनीहरूलाई दशरथ रंगशालास्थित होल्डिङ सेन्टरमा राखेर पछि अन्यत्र व्यवस्थापन गर्ने तयारी गरेको छ। यसअघि पनि अन्य एक परिवारलाई त्यहाँ राखिसकिएको छ। बस्ती खाली हुन थालेसँगै महानगरले डोजर प्रयोग गरी करिब ७० प्रतिशत संरचना भत्काइसकेको जनाएको छ।