Online News Portal

दुई दिनपछि खुल्यो सीमाक्षेत्र जोड्ने खाग्दल सडक खण्ड

प्रकाशित: ३ श्रावण २०८१, बिहीबार १०:४७ | लेखक: मालिका खबर

काठमाडौँ: सिन्धुपाल्चोक — चीनसँग जोड्ने बाह्रबिसे तातोपानी (२६ किलोमिटर) मध्ये बेलिब्रीज बग्दा अवरुद्ध खाग्दल बजार सडक खण्ड दुई दिनपछि बिहीबारबाट खुलेको छ । सोमबार राति खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि पारि जोड्ने सडक सर्म्पक टुटेको थियो ।तत्काल यातायात आउजाउ गर्नका लागि ह्युमपाइप राखेर अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । खाग्दल खोलाले हुत्याएर तल पुर्‍याएको बेलिब्रीज उचालेर ल्याउने प्रयास पनि गरिएको थियो । जसका लागि सिल्क ट्रान्सपोर्टले दुई वटा क्रेन सहयोग गरेको थियो । ‘त्यो संम्भव भएन, तैपनि नगरकै सक्रियतामा यो राजमार्ग खुलेको छ, स्थानीय खुशी भएका छन्,’ मेयर बस्नेतले भने । अब दिर्घकालीन हुने गरी चाँडै बेलिब्रीज जडान गर्ने कामको तयारी भइरहेको उनले प्रस्ट्याए ।