Online News Portal

थापाथलीका सुकुम्बासी बस्ती हटाइँदै, सरसामान सार्न प्रहरीको सहयोग

काठमाडौँ: काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य सुरु गरिएको छ । यस क्रममा नेपाल प्रहरीले स्थानीय बासिन्दालाई आफ्ना सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरिरहेको छ ।

शनिबार बिहानैदेखि उक्त क्षेत्रमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति देखिएको छ । बस्ती खाली गर्ने प्रक्रियालाई व्यवस्थित र छिटो बनाउन प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

डोजर प्रयोग गरेर बस्ती हटाउनुअघि नै त्यहाँ रहेका बासिन्दाका सामान ओसारपसार गर्ने काममा प्रहरी खटिएको हो । थापाथली क्षेत्रको बस्ती हटाउने काम सम्पन्न भएपछि नदी किनारका अन्य बस्तीहरू पनि क्रमशः हटाउने तयारी भइरहेको जनाइएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.