Online News Portal

डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार ०५:३२ | लेखक: मालिका खबर

काठमाडौँ: पर्वत- डेंगी संक्रमित को संख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।

पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ।अस्पताल संक्रमित ले भरिभराउ छ। साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ। ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको संख्या अधिक छ। सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन्।