Online News Portal

चीनतर्फ जाँदै गरेका एक व्यक्ति अमेरिकी डलर सहित पक्राउ

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार ०९:४६ | लेखक: मालिका खबर

काठमाडौं:  ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको संयुक्त टोलीले २१ असारमा टिमुरेबाट पक्राउ गरेको हो ।