प्रकाशित: २५ असार २०८१, सोमबार ०६:३० | लेखक: मालिका खबर
काठमाडौं– आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ। महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ। आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो।