Online News Portal

कक्षा ९ को नेपाली किताबमा भएको गल्ती पाठ्यक्रम विकास केन्द्रले सच्यायो

प्रकाशित: २९ श्रावण २०८२, बुधबार १२:५७ | लेखक: मालिका खबर

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली पुस्तकमा भएको एउटा महत्वपूर्ण गल्ती सच्याएको छ। केन्द्रले बुधबार जारी गरेको सूचनामा पाठ ५, पृष्ठ ५४ मा रहेको ‘यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो’ गीतको रचनाकारको नाम गलत रूपमा अम्बर गुरुङ उल्लेख भएको र वास्तविक लेखक राजेन्द्र थापा भएको प्रष्ट्याएको हो।

केन्द्रका अनुसार, गीतकारको आधिकारिकता खोज्दा उक्त गीत वास्तवमै राजेन्द्र थापाले लेखेको पुष्टि भएको हो। गल्ती सच्याइएको यो पुस्तक पहिलोपटक २०७९ सालमा प्रकाशित भएको थियो।

यो चर्चित गीतलाई गायिका अरूणा लामाले आफ्नो मधुर आवाजमा गाएकी थिइन्, जसले नेपाली संगीतमा छुट्टै स्थान पाएको छ। पाठ्यक्रम विकास केन्द्रले अबबाट पुस्तकमा सही जानकारी राखिने जनाएको छ।