Online News Portal

एमालेले चेतावनीसहित बालेनलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

प्रकाशित: १६ भाद्र २०८१, आईतवार ११:३९ | लेखक: मालिका खबर

काठमाडौँ:  नेकपा एमालेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोध गर्दै नेकपा एमाले जिल्ला कमिटी काठमाडौँले बालेनलाई ज्ञापनपत्र बुझाएको हो।

महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ। अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन्।